हुलाकी न्यूज, जनकपुरधाम :
प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको प्रवेश क्षेत्रमा मधेश सहिद गेटको शिलन्यास भएको छ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले शनिबार गेटको शिलन्यास गरेका हुन्।

करिब ३ करोडको लगानी भव्य सहिद गेट निर्माण गर्न लागिएको मेयर साहले जनाएका छन्।

गेटमा राम सीताको प्रतिमासहित तेस्रो मधेश आन्दोलनका तीनवटा सहिदहरु तिक्कु यादव, संजय चौधरी र दिलिप यादवको प्रतिमासमेत राखिने जनाइएको छ।

मेयर साहले निर्माण कार्य तीब्र रुपमा अगाडि बढ्ने र मधेशकै सानको रुपमा उक्त गेट रहने दाबी गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.