हुलाकी न्यूज, काठमाडौंः मधेशीहरुले खानामा नुन चर्को र पिरो खाने गरेको ‘माइन्ड सेट’ नेपालको राजधानी काठमाडौं वा पहाडी क्षेत्रहरुमा रहेको छ। तर, एक अध्ययनले उक्त कुरालाई खण्डन गरेको छ।

देश मै सबभन्दा कम नुन थपेर खाने प्रदेश २ रहेको छ। त्यसैगरी, मधेशी बाहुल्य प्रदेशहरु १ नम्बर र ५ नम्बरमा पनि नुन काम थपेर खाने गरेको सर्वेक्षणले देखाएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को स्टेप्स सर्वेक्षण २०१९ को नतिजाका अनुसार खानामा नुन थपेर सबभन्दा बढी खाने प्रदेश सुदुरपश्चिम रहेको छ भने सबभन्दा कम प्रदेश २ रहेको छ।

तथ्यांक अनुसार नेपालमा ९ दशमलब २ प्रतिशतले नुन थपेर खाने गरेका छन्। प्रदेश १ का ११ दशमलब २ प्रतिशत जनताले नुन थपेर खाने गरेका छन् भने प्रदेश २ का मात्र ५ दशमलब २ प्रतिशतले नुन थपेर खाने गरेका छन्।

प्रदेश ३ काले ७ दशमलब ९ प्रतिशत, गण्डकी प्रदेशकाले ८ दशमलब ८ प्रतिशत, प्रदेश ५ काले ९ दशमलब १ प्रतिशत, कर्णाली प्रदेशकाले १२ प्रतिशत र सुदुरपश्मि प्रदेशकाले १३ दशमलब ८ प्रतिशतले नुन थपेर खाने गरेका छन्।

सर्वेक्षणका अनुसार प्रदेश २ का जनताले सबभन्दा बढी साग–सब्जी र फलफुल खाने गरेका छन्।

देशैभरी २ प्रतिशत जनताले दैनिक साग–सब्जी र फलफुल खाने गरेका छन्।

जसमध्ये प्रदेश १ का २ प्रतिशत, प्रदेश २ का २ दशमलब ३ प्रतिशतले साग–सब्जी र फलफुल दैनिक खाने गरेका छन्।

यसैगरी, प्रदेश ३ का २ प्रतिशत, गण्डकी प्रदेशका १ दशमलब ९ प्रतिशत, प्रदेश ५ काले २ प्रतिशत, कर्णाली प्रदेशकाले १ दशमलब ९ र सुदुरपश्चिमका १ दशमलब ६ प्रतिशतले दैनिक साग–सब्जी र फलफुल खाने गरेका छन्।

दारु (रक्सी) खाने सबभन्दा कम प्रदेश २, सबभन्दा बढी वागमती

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.