रातमा बाहिर निस्किनुहोस् र आकाशमा हेर्नुहोस् त।

पृथ्वी सँगसँगै सूर्यको एकैतर्फ देखा परेको मङ्गल हिजोआज सबैभन्दा ठूलो र चम्किलो देखिएको छ।

 

हरेक २६ महिनामा पृथ्वी र मङ्गलको यो जोडी एक अर्कासँग सबैभन्दा नजिक आइपुग्छन् अनि फेरि आ(आफ्नै कक्षमा घुम्दै टाढिँदै जान्छन्।

मङ्गलवार राति त्यो खास क्षण आउनेछ जसलाई खगोलशास्त्रीहरूले ’अपोजिसन’ अर्थात् आमनेसामने भन्ने गरेका छन्।

यी तीनवटै ग्रह जीएमटी २३ः२० मा एक सीधा लाइनमा हुनेछन्।

मङ्गल ग्रहमा ’तीनवटा भूमिगत ताल’, हिउँ पग्लिने तापक्रम छैन तर कसरी आयो पानी

चीनको मङ्गल ग्रह अभियान अन्तर्गत अन्तरिक्षमा यान पठाइयो

“तर त्यो हेर्न मध्यरात कुर्नै पर्दैन। रातमा आकाशमा त्यो देखिइहाल्छ। तपाईँ झुक्किनु हुनेछैन। त्यो अति चम्किलो तारा जस्तो वस्तु आकाशमा देखिन्छ,“ खगोल फोटोग्राफर ड्यामियन पीचले बीबीसीलाई भने, “आकाशमा देखिने यो चम्किलो ताराजस्तो ग्रह सजिलै देखिन्छ।“

यो हप्ता एकअर्काको आमनेसामने देखिने भए पनि गत हप्ताको मङ्गलवार मङ्गल र पृथ्वी २६ महिनापछि सबैभन्दा नजिक भएका थिए।

तिनीहरू अहिले ६२ करोड ६९ लाख ५७० किलोमिटरको दूरीमा छन्। सन् २०३५ सम्म सबैभन्दा कम दूरी यहीँ नै हुनेछ।

यो भन्दा अघि सन् २०१८ मा आमनेसामने हुँदा पृथ्वी र मङ्गल जम्मा ५८ करोड किलोमिटर टाढा थिए।

तर खगोल फोटोग्राफरहरूका लागि यस पटकको मङ्गलको दृष्य विशेष छ किनभने यसको अवस्थितिको उचाइ फोटो खिच्नका लागि उपयुक्त छ।

ड्यामियनजस्ता अनुभवी फोटोग्राफरले ’लक्की इमेजिङ भन्ने तरिका प्रयोग गरेर राम्रो फोटो खिच्छन्।

उनीहरूले धेरैवटा फोटो खिच्छन् र सफ्टवेयर प्रयोग गरेर सबैभन्दा राम्रो फोटो निकाल्छन्।

नासाको अन्तरिक्ष यानले मङ्गल ग्रहमा कसरी जीवनको अस्तित्व पत्ता लगाउला

नासाले मंगल ग्रहका कम्पनबारे अध्ययन गर्ने

यो रिपोर्टको शुरूमा राखिएको ड्यामिनको तस्बिरमा मङ्गल ग्रहका विभिन्न कुरा देखिएका छन् त्यसमध्ये त्यहाँको पहाड र समथर मैदान देखिन्छ। दक्षिण र उत्तरी ध्रुवको फरक पनि प्रस्ट देखिएको छ।

दक्षिणी ध्रुवको कार्बन डाइअक्साइडको हिउँको थुप्रो पनि प्रष्ट देखिएको छ। यो तस्बिर १४ इञ्च सेलेस्ट्रोन टेलिस्कोप प्रयोग गरेर खिचिएको हो।

“त्यो विशेष उपकरण हो,“ ड्यामियन भन्छन्।

“तर त्यो भन्दा आधा कम क्षमताको टेलिकोस्पमा पनि मङ्गलका विवरणहरू देख्न सकिन्छ।“

पृथ्वी र मङ्गल आमनेसामने हुने समय पारेर विभिन्न मुलुकले पृथ्वीबाट मङ्गलग्रहतिर अन्तरिक्ष यानहरू पठाउने गर्छन्।

अहिले पनि यस्ता तीन यान मङ्गलग्रहतर्फ पठाइएका छन्।

सबै यानहरू जुलाई महिनामा पठाइएका हुन्। पहिलो युनाइटेड अरब एमिरेट्सका होप अर्बिटर, चीनको तीयानवेन अर्बिटर तथा रोवर र अमेरिकाको पर्सिभेरेन्स रोवर।

युरोप र रुसले पनि यान पठाउने योजना बनाएका थिए। तर उनीहरूले समयमा यान पठाउन नसकेकाले सन् २०२२ सम्म कुर्नुपर्नेछ। होप तीयानवेन र पर्सीभेरेन्स फेब्रुअरी महिनामा मङ्गलमा पुग्ने योजना छ।

सन् २००३ मा मङ्गल पृथ्वीको सबैभन्दा नजिक आइपुगेको थियो। त्यसबेला पृथ्वी र मङ्गल ग्रहबीचको दूरी ५६ करोड किलोमिटर मात्र थियो।

आमनेसामने हुँदा यी दुई ग्रहबीचको दूरी १०० करोड किलोमिटरसम्म पनि हुन्छ जुन सन् २०१२ मा भएको थियो।

दुई ग्रहबीचको दूरीमा फरकपन चाहिँ यी दुई ग्रहले घुम्ने अण्डाकार कक्षमा भर पर्ने गर्छ।

बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.