श्यामसुन्दर मण्डल,सप्तरी (बिचार)। अंग्रेजी शासक र नेपाली शासक बीच सन् १८१६ र सन् १८६० मा भएको दुई संघीका कारण महाभारत पर्वत दक्षिणको समतल भु-भाग नेपालमा जोडिएको इतिहास कालापानी र लिपुलेकको बिवादले एकपटक फेरी ताजा भएको छ । यतिबेला भारतीय मिडिया, भारतीर राजनीति र नेपाली जनजीवनमा यी दुई संधीहरूको चर्चा शीखरमा छ । दुईसय बर्ष अगाडि शासकीय स्तरमा भएको यहि ऐतिहासिक संधीका कारण मधेशीहरू बिभाजित भई धेरै युपी-बिहारमा र थोरै नेपालमा बासोबास गर्न बाध्य भयो ।

“सुगौली संधी”ले परिचित यी दुईपक्षिय सम्झौता, जुनकी जनस्तरबाट अनुमोदित थिएन, शासकीय स्तरमा भएकाले संधीसँगै नेपाल खण्डमा आएका मानिसहरूमाथि शोषण, दमन, अपमान र तिरस्कारको सिलशिला आरम्भ भयो । प्राप्त भएका जग्गा जमीन सर्वप्रथम अँग्रेज-नेपाल युद्धमा खटिएका सेना, कर्मचारी, परिवार र भारदारहरूमा बितरण गरियो । १८६० को संधीसँगै आएका मधेशी जनजातिहरूलाई कमैया, दास र कमलरी बनाउने संस्कृति पनि आरम्भ गरियो । मधेशीहरूको भाषा, संस्कृति, वेश अनि पहिचानलाई समाप्त पार्न “एक देश, एक भाषा र एक भेष”को फरमान लागू भयो । नेपाली भाषालाई सरकारी कामकाज एवं नागरिकता प्राप्तिको आधार बनाएर मधेशीहरूको आर्थिक जनजीवनलाई नष्ट गर्ने योजना पनि अगाडी सारियो । सुकम्बासी आयोग, बस्ति बिकास योजना, औलो उन्मुलन, गाउँ फर्क जस्ता नीति र कार्यक्रम लागू गरी पहाड एवं बिदेशबाट नेपाली मुलका मानिसहरूलाई तराई झार्ने (आप्रवासन) अभियान तिब्र बनाइयो । यी र यिनै अनन्य योजनाहरूका कारण सुगौली संधीका बेला शत प्रतिशत रहेका मधेशीहरू आज आईपुग्दा सम्म नेपालको कुल आबादीमा ३४.०४% र मेचीदेखि काली सम्मको तराई(मधेश)को कुल आबादीमा ६४.४७% मा सिमित हुन पुग्यो ।

एकतर्फा ‘आप्रवासन’ आजपनि कायम छ । रंगभेद र सांस्कृतिक बिभेद चरम सीमामा छ । मधेशीको अर्थ र राजनीतिक जीवन निरन्तर कमजोर बन्ने क्रममा छ । मधेशी माँथि प्रशासनिक हिंसा उच्च बन्दै गएको छ । पहाड तथा हिमालमा मधेशी नागरिकताको स्वीकार्यता आज पर्यन्त संभव हुनसकेको छैन र यसका कारण मधेशी जनसंप्रभुताको शक्ति शुन्य बनेको छ । शासकीय निर्धारण एवं नीति निर्माणको सर्वोच्च निकाय संसदमा पुग्ने सांभव्यता २०% भन्दा न्यून छ । शिक्षा, रोजगारी र बेपारमा पहुँच केवल प्रतिनिधित्व स्तरको छ । सेनामा प्रवेश लगभग निषेध छ । श्रोत साधनको व्यवस्थापन, वितरण र उपयोग असमान एवं अन्यायपूर्ण छ । ७.७% मधेशी आदिबासी (थारू, राजबंशी, सतार आदि), ४.१% मधेशी मुस्लिम, ४.५% मधेशी दलित (बिभिन्न), ४% यादव (बिभिन्न), १.४% तेली, १.२% कोईरी र अन्य ११.१४%को संख्यामा रहेका मधेशी(तराईबासी)हरू बीचको एकता अत्यन्त कमजोर छ । एकता भंग गर्न, र शासकीय एकाधिपत्यलाई कायम राख्न हुने प्रपंच र षडयन्त्रको मात्रा अत्यधिक छ । समग्रमा भन्ने हो र विचार गर्ने हो भने आन्तरिक द्वन्दमा नेपाली राजनीति फँसिरहेको बिगतको दुईसय बर्षमा १००% बाट ६४% मा झरेको मधेशी समुदाय अब आउने केही दशकहरूमा सम्पूर्ण बिस्थापनको शिकार हुने निश्चित देखिएको छ ।

मधेशीहरूले माँग्ने काम आरम्भ गरेको लगभग ६/७ दशक पुगेको छ । अधिकार माँग्ने सवाल होस अथवा रोजगार माँग्ने सबाल होस, आरक्षण माँग्ने सवाल होस अथवा सेना-पुलिसमा सामूहिक प्रवेश माँग्ने सवाल होस, मन्त्री माँग्ने सवाल होस अथवा अन्य कुनै कुरसी माँग्ने सवाल होस, मधेशीहरूको स्तर/हैसियत यस मुलुकमा #भिखारी अर्थात #मगन्तेको भन्दा पृथक छैन । करीव ५०% संसदीय सीट रहेको मधेश/तराईमा, मधेशीहरूले प्राप्त गर्न सक्ने अधिकतम सीट ४०% अर्थात समग्र देशमा २०% मात्र हो । हिसाब गर्ने हो भने २७५ सीटसंख्या रहेको वर्तमान संसदमा ३४.०४% मधेशीहरूले प्राप्त गर्ने अधिकतम संख्या ८०-९० मात्र हो । किनकी मधेशी समुदायका कुनै पनि जाति अथवा जनजातिले पहाड, हिमाल वा पहाडी बाहुल्य क्षेत्रमा सीट प्राप्त गर्न असंभव छ । यसले स्पष्ट गर्दछ, मधेशीहरूको स्वयंको सत्ता, सदन र सरकार यो मुलुकमा कहिल्यै संभव छैन । यदि सदन, सत्ता र सरकार संभव छैन भने मधेशीहरूबाट संविधान, ऐन र कानूनको निर्माण एवं संशोधन पनि संभव छैन ।

अर्थात #सर्वकालिन_भिखारी !

यस परिस्थितिमा संविधान निर्माणका बखत महाभारतका एक बिचरा पात्र “भीष्म” आफूलाई बताउने विद्वान डा. बाबुराम भट्टराई मधेश र मधेशीका अधिकारका लागि आफ्ने शेष जीवन लगानी गर्ने भनी काँग्रेस-कम्युनिष्टमा आधा जीवन व्यतित गरी मधेशी अधिकारका लागि लडिरहेका मधेशी मसिहाहरूको काँधमा काँध मिलाउँदै (समाजवादी ‌+ राजपा = जसपा) मधेश झरेको छ । ईतिहासको कालखण्ड तर्फ दृष्टिगोचर गर्ने हो भने अर्जेन्टिनाको रोसारियोमा सन् १९२८ जुन १४ मा जन्मिएका डा. चे ग्वेभाराले क्युबाली जनताका लागि साम्यवाद स्थापित गर्न निकै ठुलो भूमिका निर्वाह गरेका थिए । उनी केवल क्युबालीका लागि मात्र लडेनन्, क्युबामा क्रान्ति समाप्त भए पश्चात पूँजीवाद, नवउपनिवेशवाद र साम्राज्यवाद बिरूद्ध बोलिभियाली जनताका मुक्तिका लागि पनि लडाईंका मैदानमा उत्रिए । डा. चे र डा. बाबुराम भट्टराईका बीच परिस्थितिक भिन्नता यति मात्र छ : डा. चे, #साम्यवाद स्थापित गर्नका लागि लडेका थिए भने डा. भट्टराई #मधेशवाद स्थापनाका लागि लडनुपर्ने छन ।

हामी उहाँलाई असाध्य चाहन्छौं । अगाध श्रद्धा र असिम आशाका साथ उहाँलाई नेपाली डा. चे का रूपमा विश्वास गर्छौं। उहाँमा रहेको विद्वता, शालिनता र राजनीतिक कुशलताको सम्मान गर्दछौं ।
हाम्रो तर्फबाट उहाँलाई हार्दिक स्वागत अनि भक्तिपूर्ण शुभकामना !!

(*माथिका बिचार लेखकका निजी बिचार हुन।)

3 COMMENTS

  1. यो कुरा सत प्रतिशत सहि हो तर मूर्ख निधि,ठाकुर,ओपेन्द्रे,राजेन्द्रे,महासेठे ले बुझे पो ? मधेसी नेताहरुकै मान्सिकतामा गुलामि छ र सब मधेसी लाई दासत्वको जीवन जिउन बाध्य तुल्यायेको छ ।

  2. सि के राउत ले त बुझेका थिये तर बेब्कुफ मधेसी जनता को कारन उनले पनि सम्झौता गर्नुपर्यो ,मधेसी ले अझै कति वर्ष दासत्व को जिन्दगी जिउने हो भन्न गार्हो छ

  3. मधेसी हरु मा अाफ्नाे खूटटा तान्ने बानि ले गदाृ हो‌‌

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.