File photo

हुलाकी न्यूज, राजविराज: खेतमा भैंसी चराएको विषयमा विवाद हुँदा सप्तरीमा एक जनाको मृत्यु भएको छ।

नेपाल–भारत दशगजा क्षेत्रमा एक जना भारतीय नागरिकको भैंसी नेपाल पट्टीको खेतमा चरे पछि विवाद सुरु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) तिलक भारतीले जनाए।

उक्त विवादमा डाक्नेश्वरी नगरपालिका ६ कटैयाका ५५ वर्षीय रामदेव यादवको ज्यान गएको प्रवक्ता भारतीले जानकारी दिएका छन्।

घाइते यादवको उपचारको क्रममा धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको प्रवक्ता भारतीले जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.