हुलाकी न्यूज, काठमाडौं : भारतीय राजदूत विनयमोहन क्वात्रा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले शिक्षा क्षेत्रमा भएका पुनर्निर्माणको काम बारे जानकारी दिन बनाइएको डेडिकेटेड वेबसाइटको शुभारम्भ गरेका छन्।

भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत भारतको सहयोगमा शिक्षा परियोजनासँग सम्बन्धित सबै जानकारीका लागि उक्त वेबसाइट अंग्रेजी र नेपाली दुवै संस्करणमा उपलब्ध रहेको दूतावासले जनाएको छ।

वेबसाइट केन्द्रीय भवन अनुसन्धान संस्थान (सिबिआरआई), रुड्कीको अवधारणा र निर्माणमा तयार पारिएको हो। भारतको १ अर्ब अमेरिकी डलरको प्रतिबद्घता अनुरूप नेपालमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजना अघि बढिरहेको छ।

विशेष गरी आवास क्षेत्रमा, गोरखा र नुवाकोटमा ५० हजार घरमध्ये ४६ हजार घरहरू निर्माण भइसकेको छ। ७० वटा विद्यालय, एउटा पुस्तकालय, १ सय ४७ वटा स्वास्थ्य संरचना र २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रका परियोजनासहित शिक्षा, स्वास्थ्य र सांस्कृतिक पुनस्र्थापना परियोजना पुनर्निर्माण/रेट्रोफिटिङका लागि कार्यान्वयनमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.