भारत पहिलोपटक समुद्री विमान सेवा सुरु भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सो समुद्री विमान सेवाको उद्घाटन गरेका छन्।

शुक्रबारदेखि गृहनगर गुजरातको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदीले यो विमान सेवाको सुरुवात गरेसँगै केवडिया र साबरमतिबीचको २ सय २० किलोमिटरेको दूरी अब ४० मिनेटमा पार गर्न सकिने भएको छ।

प्रधानमन्त्री मोदीले विमानसेवाको उद्घाटन लगत्तै अपरान्ह १ बजे केवडियाबाट उडान गरेका थिए। उनी १ बजेर ४० मिनेट जाँदा सावरमतिस्थित नदीको किनारमा उत्रिएका थिए। गुजरातको नर्मदा जिल्लामा अवस्थित सो परियोजना मोदीले लिएको महत्वाकाँक्षी परियोजना थियो। भारतीय जनताका लागि समुद्री विमानमार्फत सुविधा प्रदान गर्ने मोदीको यो ड्रिम प्रोजेक्ट हो । उक्त विमानमा सवार हुने यात्रुले १५ सय भारु भाडा तिर्नुपर्ने हुन्छ।

उक्त विमानको वजन ३३ सय ७७ किलो रहेको छ भने फ्युल क्यापेसिटी १४ सय १९ लिटर रहेको छ। त्यस्तै लम्बाई १६ मिटर रहेको छ भो उचाई ६ मिटर रहेको छ। विमानको फ्युल पावर २७२ लिटर प्रतिघण्टा रहेको छ। उक्त विमानले ५६७० किलोग्राम सम्मको वजन बोक्न सक्ने जनाइएको छ।

एजेन्सी .

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.