हुलाकी न्यूजः कोरोना संक्रमित भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोमामा राखिएको छ । बिहीबार बिहान नयाँ दिल्लीस्थित उनको उपचार भइरहेको आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलले उनलाई कोमामा राखिएको जानकारी दिएको हो । यद्यपि उनको अवस्था भने स्थिर रहेको अस्पताललले जनाएको छ ।

गत सोमबार उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उनको ब्रेन सर्जरी पनि गरिएको थियो ।

गत सोमबार ८४ वर्षीय मुखर्जी आफैंले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भाइरस ९कोभिड-१९० को संक्रमण पुष्टि भएको बताएका थिए ।

उनका परिवारले उनको मृत्युबारे फैलिरहेको गलत समाचारको विश्वास नगर्न पनि आग्रह गरेका छन् । उनीहरुले पछिल्लो समय मुखर्जीको स्वास्थ्य अवस्थाबारे धेरै हल्ला फैलिरहेको पनि उल्लेख गरेका छन् । मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.