हुलाकी न्यूजः भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मुखर्जीले ट्वीट गरेर आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका छन् ।

फरक प्रयोजनका लागि अस्पताल जाँदा कोरोना भाइरसको पनि परीक्षण गर्दा आफूमा संक्रमण पुष्टि भएको उनले ट्वीट मार्फत जानकारी दिएका हुन् ।

उनले पछिल्लो एक हप्तामा आफ्नो सम्पर्कमा आएका व्यक्तिलाई आइसोलेशनमा बसी कोरोना भाइरसको परीक्षण गर्न आग्रह समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.