हुलाकी न्यूजः कोरोना संक्रमणको सङ्ख्या बढ्दै गएपछि महोत्तरीको भंगहा नगरपालिकाले आजदेखि एक सातासम्मका लागि लकडाउन घोषणा गरेको छ ।

बिहीबार दिउँसो १२ बजेदेखि लागू हुने गरी भंगहा नगरपालिका क्षेत्रभित्र लकडाउन गर्ने निणर्य गरिएको मेयर सञ्जीव साहले टुडेपाटीलाई जानकारी दिए ।

बुधबार भंगहा नगरपालिकामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । समुदायस्तरमै कोरोना फैलिन सक्ने जोखिम देखिएपछि नगरपालिकाले आजदेखि नगरपालिका कार्यालय, वडा कार्यालय लगायत अत्यावश्यक सेवाबाहेक सबै गतिविधि अगामी २८ गते राति १२ बजेसम्मका लागि बन्द गर्ने निणर्य गरेको उनले बताए ।

यस अवधिभित्र नगरभित्रका हाटबजार, सभा/सम्मेलन, धार्मिक कार्यक्रम तथा भीडभाड र जमघट हुने कुनै काम गर्न नपाइने मेयर साहले बताए । नगरपालिकाले अति आवश्यक नपरी घरबाट ननिस्किन नगरबासीलाई अपिल गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.