हुलाकी न्यूज ,जनकपुरधाम : बोक्सीको आरोपमा महिलालाई कुटपिट गरेर फरार रहेका युवकलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

सिरहा जिल्लाको नवराजपुर गाउँपालिका वडा नम्बर ५ की मुर्तीदेवी यादवलाई बोक्सी आरोपमा कुटपिट गरेर फरार  रहेका सोही ठाउँका २० वर्षीय सन्तोष यादवलाई नियन्त्रणमा लिई मुद्दा चलाइएको २ नम्बर प्रदेशका प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए ।

उनका अनुसार २०७७ भदौ २७ गते मुर्तीदेवी यादवलाई मध्यराती घरबाट बोलाई सोही ठाउँका धर्मनाथ यादवको घरमा लगेर बोक्सी भन्दै ८ जनाले सामूहिक कुटपिट गरी घाइते बनाएका थिए ।

कुटपिट पश्चात फरार रहेका यादवलाई पीतिड महिलाको श्रीमान रामनारायण यादवको जाहेरीको आधारमा नियन्त्रणमा लिएको सिंहले भने।

यादवलाई प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले नेपाल भारत सीमा क्षेत्र सिरहाको ठाडीबाट नियन्त्रणमा लिएको सिंहले जानकारी दिए ।

कुटपिटबाट पीडित मुर्तीदेवी यादवको २ वटा दाँत भाँच्चिएको थियो ।घटनामा संलग्न कृष्ण यादव, धर्मनाथ यादवलगायत आरोपीहरु फरार छन् । फरार आरोपीहरुको खोजीकार्य भइरहेको सिरहा प्रहरीले जनाएको छ । नियन्त्रणमा रहेका यादवमाथि थप अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.