हुलाकी न्यूजः बारामा प्रहरी हिरासतबाट लागुऔषध कारोबरी गर्ने छुटाइदिन्छु भन्दै पैसा माग्ने पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । प्रेस सङ्गठन नेपाल प्रदेश २ का सदस्य तथा एपी खबर बाराका संवाददाता भैयाराम साहलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार प्रहरी हिरासतमा रहेका लागुऔषध कारोबारी गर्ने व्यक्तिलाई छुटाइदिन्छु भन्दै अफान्तसँग मोटो रकम माग गरेको र केही रकम समेत लिइसकेको रेर्कड फेला परेपछि त्यसैका आधारमा पत्रकार साहलाई पक्राउ गरेको छ ।

पक्राउ परेका साहलाई अदालतबाट १० दिनको म्याद लिई अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान थालिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.