हुलाकी न्यूज, डेस्क । बारामा बढ्दो कोरोनाको संक्रमण संगै सार्वजनिक स्थानमा मास्क अनिवार्य गरिएको छ ।

लकडाउन खुकुलो भएसँगै बजारमा चहलपहल बढ्न थालेपछी जिल्ला विपद् व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो । यसअनुरुप घर बाहिर निस्कँदा मास्क अनिवार्य लगाउनुपर्ने समितिले जारी गरे्को सुचनामा उल्लेख गरिएको छ ।

अन्यथा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताउनुभयो । साथै, सार्वजनिक स्थानमा मास्क प्रयोग नगरेको पाईएमा ऐन अनुसार एक सय रुपयाँ जरिवाना गरिने उहाँले बताउनुभयो ।

यस्तै जिल्लामा पसल ब्यावसाय सञ्चालन गर्ने ब्यावसायीहरुले अनिवार्य मास्क र स्यानिटाईजरको प्रयोग गर्र्न, पसलमा आउने ग्राहकहरुलाई मास्क लगाउन प्रेरीत गर्न तथा भिडभाड नगरि ब्यावसाय सञ्चालन गर्न विपद् व्यवस्थापन समितिले सुचना मार्फत अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.