हुलाकी न्यूजः कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा साना किसान विकास लघुवित वित्तिय संस्था लिमिटेडले एक लाख रुपैयाँ सहयोग गरेका छन ।

संस्थाका प्रतिनिधिहरुले शनिबार मुख्यमन्त्री लालबाबु राउतलाई पाँच लाखबराबरको चेक हस्तान्तरण गरेका हुन ।

प्रदेश राहत कोषमा प्रदेशमा शाखा सञ्चालन गर्दै आएका प्रायः बैंकले सहयोग गरेका छन भने केही समाजिक संस्था र उद्योगपतिले समेत सहयोग गरेका छन ।

राहत कोषको रकम प्रदेशमा महामारी नियन्त्रणका लागि खर्च गरिने प्रदेश सरकारले घोषणा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.