हुलाकी न्युज, सिरहा । प्रहरी हिरासतमा रहेका एक जनाले आत्महत्या गरेको छ ।
सिरहाको कर्जन्हा नगरपालिका २ का १६ वर्षीया प्रियंका कुमारी यादवले प्रहरी हिरासतमै आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
हत्याको आरोपमा पक्राउ परेका यादवलाई आइतबार जिल्ला अदालत सिरहामा ५ दिनको म्याद थप गरि ईलाका प्रहरी कार्यालय बिष्णुपुरको महिला हिरासत कक्षमा राखिएको थियो ।

हिरासतको सुरक्षामा रहेका सेन्ट्रीलाई ‘नुहाउन जाने’ भन्दै हिरासतकक्ष भित्र रहेको ट्वाइलेटमा गएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाले आफ्नै काकाको छोराको हत्या आरोपमा प्रियंका र संजय साहलाई पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको थियो ।

बन्दिपुरको नहर छेउको झाडिमा प्रियंका-संजयले यौन सम्पर्क गरिरहदा भवेशले देखेका थिए । ‘घरमा सवैलाई भनिदिने’ भनेपछी प्रियंका-संजयले हत्याको योजना बुनेर घाँटी रेटेर हत्या गरेको प्रहरीले बताए । उक्त आरोपमा पक्राउ परेका दुवैको आइतवार ५ दिनको म्याद थप गरिएको थियो ।
उक्त हिरासतमा रहेका अरु दुई जनाको म्याद थपको लागि जिल्ला अदालत सिरहा ल्याएको बेला प्रियंकाले आत्महत्या गरेको प्रहरी प्रवक्ता डिएसपी राजन भेटवालले बताए |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.