हुलाकी न्यूज, गौर : प्रहरी हिरासतमा मारिएका रौतहटका विजय महरालाई न्याय दिलाउने भन्दै पूर्वसांसद विश्वेन्द्र पासवान आमरणन अनशनमा बसेका छन्। इलाका प्रहरी कार्यालय गरुडाका अगाडि उनी हिजो रातिदेखि अनशनमा बसेका हुन्।

उनलाई पूर्वराष्ट्रियसभा सदस्य रामप्रित पासवानले पनि सहयोग गर्दै अनशनमा बसेका छन्।

दोषीलाई कारवाहीसहितको दश बुँदे माग राख्दै पासवान अनसनमा बसेको स्थानीय दलित अगुवाहरुले जनाएका छन्।

साउन ३१ गते भएको निरञ्जन रामको हत्या आरोपमा उनी पक्राउ परेका थिए। प्रहरी हिरासतमा यातनाका कारण छोराको मृत्यु भएको विजयका बुबा पनिलाल महराको आरोप रहेको छ।

यता संघर्ष समितिले भने आन्दोलन जारी राखेको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले समस्या समाधानका लागि वार्ता भइरहेको जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.