हुलाकी न्यूज, जनकपुरधाम : प्रहरी समुदाय साझेदारी तथा सार्वजनिक सुरक्षामा योगदान दिएबापत् सानो पाइला संस्थालाई सम्मान गरिएको छ।

६५ औँ नेपाल प्रहरी दिवसका अवसरमा प्रदेश २ का गृहमन्त्रीले संस्थाका प्रतिनिधिका रूपमा कानुनी मामिला प्रमुख राहुल झालाई एवार्ड वितरण गरेका हुन्।

नेपाल प्रहरीले सानो पाइलालाई सम्मान गरेको यो चौथोपटक र आगामी दिनमा समेत प्रहरीसँग सहकार्य गर्ने सानो पाइलाले जनाएको छ। सन् २००६ मा स्थापित यस संस्थाले युवा सशक्तीकरण, लागुऔषध पुनस्र्थापना, तस्करीविरुद्ध, शान्ति स्थापना, अपराध रोकथाम आदिमा कार्यरत छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.