हुलाकी न्यूज, जनकपुरधाम :
प्रदेश २ सरकारले प्रदेश प्रहरी विधेयक अरू प्रदेशभन्दा पहिला पारित गरे पनि प्रहरी भर्ना प्रक्रिया सुरु गर्न सकेको छैन। संघको प्रहरी समायोजन ऐनलाई कुर्दै प्रदेशले भर्ना प्रक्रिया रोकेको छ।

समायोजन प्रक्रिया यथासिघ्र टुंग्याउन प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवले संघीय सरकारलाई पत्रकारचार गरेका छन्। लामो समयदेखि अल्झिएको प्रहरी समायोजनको काम एक साताभित्र टुंग्याउन शुक्रबार गृह मन्त्रालयलाई ध्यानाकर्षण पत्र पठाइएको हो।

प्रहरीको खटनपटन, कार्यसम्पादन, समन्वय र सुपरिवेक्षणको जिम्मेवारीलगायत प्रदेश सरकारलाई तोकिएको प्रहरी समायोजनको काम अझै नटुंगिएकोमा प्रदेश २ सरकारका मन्त्रीहरुले असन्तुष्टि पोख्दै आएका छन्।

समायोजन ऐनअनुसार प्रदेशमा खटिएका प्रहरीको कार्य सम्पादन र खटनपटन गर्ने जिम्मेवारी प्रदेश सरकारलाई सुम्पिइको छ। चैतमै समायोजन टुंग्याउनु पर्ने तर कोरोनालगायतको कारणले समायोजन प्रक्रिया लम्बियाइएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ माघमै प्रहरी समायोजन विधेयक प्रमाणीकरण गरिसकेकी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.