हुलाकी न्यूज, झापा । आज बिर्तामोडमा प्रर्दशनकारी र प्रहरीबीच भएको झडपमा प्रहरीको गोली लागेर एक प्रर्दशनकारीको मुत्यु भएको छ । मृत्यु हुने अर्जुनधारा–११ का नरेश थापा रहेको प्रहरीले जानकारी दिएको छ ।

अहिले झापाको बिर्तामोड तनावग्रस्त छ । प्रहरीसँगको झण्डपमा परी घाइते भएका ७ जनाको मेची अस्पतालमा उपचार भईरहेको छ । घाइतेहरुको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । स्थानीयमाथि प्रहरीले १४ राउण्ड गोली चलाएको बताइएको छ ।

४ गते अर्जुनधारा ११ का ११ वर्षीय बालक लक्ष्मण सिवाकोटीको मृत्यु प्रकरणमा समातिएकालाई कारबाही नभएको भन्दै शुक्रबार भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो ।

अहिले बिर्तामोड क्षेत्रमा कफ्र्यू लागेको छ । स्थानीय प्रशासनले कफ्र्रयु आदेश नै जारी गरेपनि प्रदर्शन रोकिएको छैन । बिर्तामोडको मुक्तिचोकलाई केन्द्र मान्दै पूर्वमा बसपार्क छिर्ने बाटो, पश्चिममा चारपाने चोक, दक्षिणमा बिर्ताबजार र उत्तरमा महानन्दचोकसम्म अनिश्चितकालीन कर्फ्यू लगाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.