हुलाकी न्यूज, काठमाडौं । आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफ्ना पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु नहटाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आग्रह गरेका छन् ।

शुक्रबार विहान अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । दुई शिर्ष नेताहरुको भेटमा मुलुकको समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो । तर, भेटवार्ताको क्रममा अधिकांश समय प्रचण्डले तत्काल सरकार पूर्नगठन गर्नेबारे नसोच्न देउवासमक्ष आग्रह समेत गरेको बालुवाटार स्रोतले जनाएको छ ।

भेटमा अध्यक्ष प्रचण्डले आफू एमालेसँगको गठबन्धनमा गएपनि चुनाव गराउने विषयमा सरकारलाई पूर्णरुपमा साथ र सहयोग दिन तमतयार रहेको विश्वास समेत दिलाएका थिए । जवाफमा प्रधानमन्त्री देउवाले मुलुकको परिस्थिति हेरेर उपर्युक्त कदम चाल्ने स्पष्ट पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.