हुलाकी न्यूज, काठमाडौं । आगामि मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरुको नाम टुंगो लगाउने बारेमा पनि चर्चा हुन शुरु भएको छ ।

काठमाडौं महानगरपालिका क्षेत्र नम्बर २ अन्तर्गत पर्ने प्रादेशिक क्षेत्र नम्बर १ मा युवा नेता मुकुन्द कार्की (मुकु)को नाम चर्चामा आउन थालेको छ । सो क्षेत्रमा भुकम्पपछिको राहत तथा उद्धारमा जुटेर स्थानीयको मन जित्न सफल भएका कार्की संविधानसभाको दोस्रो निर्वाचनमा युवा परिचालन समितिका संयोजक रहि दिपक कुइँकेललाई जिताउन महत्वपूर्ण भूमिका खेलेका कारण पार्टीभित्र पनि व्यापक चर्चामा छन् ।

विद्यार्थी बेलादेखि नेविसंघमा रहेका राजनितिक जिवन शुरु गरेका उनी कोटेश्वर बहुमुखी क्याम्पसमा लगातार ८ वर्ष नेविसंघको इकाई सभापति रहेका थिए भने संघको काठमाडौं जिल्ला सदस्य समेत रहिसेकका छन् । कांग्रेसको ११औं र १२ औं महाधिवेशनका बेला भने उनी कांग्रेसको स्थानीय इकाईमा रहेर भूमिका निर्वाह गरेका थिए । ‘पार्टीलेजिम्मेवारी दिए नेतृत्व लिन तयार छु,’ आफु पार्टीको इमान्दार सिपाही भएको बताउने कार्कीले भने, ‘पार्टीले गर्ने निर्णय शिरोपर गरेर अघि बढ्नेछु । ’ अहिले बामपन्थी तालमेल भएका कारण पनि युवाहरुलाई अवसर दिनुपर्ने मत कांग्रेसभित्र बलियो बनेको छ ।

अझ स्थानीय युवाकाबीचमा प्रभाव राख्ने कार्कीले टिक पाएमा कांग्रेसको पक्षमा जित हुने स्थानीय कांग्रेसका नेता,कार्यकर्ता र अन्य दलका कार्यकर्ताले समेत बताउन थालेका छन् । कार्की सामाजिक कामका कारण कांग्रेसभन्दा बाहिर पनि उत्तिकै लोकप्रिय मानिन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.