हुलाकी न्यूजः प्रदेश २ जनस्वास्थ्य प्रयोगशाला कोभिड १९को परीक्षणका लागि मापदण्ड निर्धारण गरेको छ ।
प्रदेश २ सामाजिक विकास मन्त्रालय अन्तरगत रहेका प्रदेश जनस्वास्थ्य प्रयोगशालाले एक सुचना सार्वजनिक गर्दै कोभिड १९को परीक्षणको सम्बन्धमा मापदण्ड सार्वजनिक गरेको हो ।

कोभिड १९ शंकास्पद व्यक्तिहरुलाई सम्बन्धित कार्यालयको स्वास्थ्य संयोजकले तयार पारेको नामावाली सहितको सिफारित पत्र भएमा मात्र परीक्षण गरिने जनाएको छ ।

यसैगरी, कार्यालयमा काम गर्नेको हकमा परिचय पत्रको प्रतिलिपि, अस्पतालमा अग्रपंक्तिमा काम गर्ने स्थास्थ्यकर्मीहरु र चिकित्सक तथा अन्य शंकासपद विरामी, विरामी उपचारको क्रममा खटिने स्वास्थ्यकर्मी वा अन्य अस्पतालमा रिफर गरिएको अबस्था भएमा एमबुलेन्स चालक र विरामीको २ जना सम्म कुरुवाको जाचँ गर्ने जनाईएको छ ।

त्यस्तै, प्रयोगशालाले सुचनामा क्वारेन्टाईनमा भएको व्यक्तिहरुको हकमा सम्बन्धित क्वारेन्टाईनको चिकित्सकहरुको सिफारिशमा मात्र जाचँ गरिने जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.