हुलाकी न्यूजः प्रदेश २ मा कोरोना संक्रमितको संख्या बढ्दै गए पनि भेन्टिलेटर खरिदका लागि रकमसमेत निकासा हुन सकेको छैन ।

अप्पन टेलिभिजनसँगको कुराकानीमा प्रदेश २ प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डाक्टर प्रमोद यादवले भेन्टिलेटर खरिदका लागि अहिलेसम्म रकम नै निकासा हुन नसकेको जानकारी दिनुभएको हो । उहाँले रकम निकासा भए छिट्टै भेन्टिलेटर खरिद हुन सक्ने पनि बताउनुभयो ।

डाक्टर यादवले प्रदेशमा विरामीहरूको सहजताका लागि ४० करोडको लागतमा भन्टिलेटर र अन्य स्वास्थ्य सामग्रीहरू खरिद पक्रिया अगाडि बढाए पनि सरकारले अहिलेसम्म बजेट छुट्याउन नसकेको बताउनुभयो ।

डाक्टर यादवले भेन्टिलेटर खरिद जटिल प्रक्रिया रहेकाले पनि विलम्ब भइरहेको दाबी गर्नुभयो । यद्यपि अन्य स्वास्थ्य सामग्री खरिदमा कुनै कमि नगरेको पनि उहाँले बताउनुभयो

डाक्टर यादवले अहिले जनकपुर र राजविराजमा पीसीआर मेसिन सञ्चालनमा रहेको भन्दै छिट्टै रौतहटमा पनि यो मेसिन जडान हुने जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.