हुलाकी न्यूज, काठमाडौंः
पूर्वराजा ज्ञानेन्द्र शाहले यस पटकको दशैं समान्य रुपमा मनाउने भएका छन्। कोरोना महामारीका कारण असहज परिस्थितिमा शालिन र सादगीका रुपमा मनाउने भएका छन्।

प्रत्येक वर्ष अष्ठमीका दिन पूर्वराजा शाले विभिन्न शक्ति पिठको दर्शन गर्दै आएका थिए। तर, यस पटक पूर्वराजा शाहले शक्ति पिठहरुको दर्शन गर्ने कार्यक्रम नरहेको पूर्वराजाका सञ्चार सचिव फनीराज पाठकले जनाएका छन्।

यसैगरी, प्रत्येक वर्ष दशमीका दिन पूर्वराजाले सर्वसाधारणलाई टिका लगाउने गरेका थिए। यस वर्षको असमान्य परिस्थितिका कारण टिका लगाउने कार्यक्रम पनि नरहेको सचिव पाठकले जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.