यस बिरुवाको जातीय नाम वैज्ञानिक निक्टान्थस अर्थात् निशा-पुष्प हो। यसको पात भने कमलो र मुलायम नभई झण्डै खाक्सी जस्तै खस्रो हुन्छ। पारिजात फूलका बारे पनि रोचक पौराणिक कथाहरू सुन्न पाइन्छ। यसको सुगन्ध र रातको महकलाई लिएर कतैकतै यस फूललाई रातकी रानीे, संस्कृतमा सेफालिका, नेपालीमा पारिजात र हिन्दीमा हरसिँगार, बङ्गाल राजकीय फूल ,मराठीमा पारिजातक, गुजरातीमा हरशणगार, बङ्गालीमा सेफालिका, सिउली, असमियामा सेवाली, तेलुङ्गुमा पारिजातमु र पगडमल्लै, तमिलमा पवलमल्लिकै र मज्जपु, मलयालममा पारिजातकोय आदि ।

पारिजातको फूल चाँदी जस्तै सेतो र फुलीको नली भने सुन्तले रंगमा अलि पहेँलो हुन्छ। यस फूलप्रति इन्द्र, कुवेर, कृष्ण र सत्यभामा समेत मोहित भएका शास्त्रोक्तिहरू भेटिन्छ।

यो फुल चकमन्न रातमा बोटै भरी फुल्दछन्, तर सूर्योदय हुनुअगावै सबै झरी पनि हाल्छन्। देवदेवीको प्रिय यो फूल बटुल्न साँझैदेखि पारिजातको बोटमुनितिर चोखो कपडा वा नाङ्लो ओछ्याउने प्रचलन छ। बोटबाट फूल टिप्न हुन्न, पाप लाग्छ भन्ने जनविश्वास निकै प्रबल छर

पारिजातको औषधीय गुणहरू

आऊँ, महिनाबारीका बखत धेरै रगत बग्ने, घाउ, दीर्घ खालको ज्वरो, दम, कफ, कब्जियत, जोर्नी र मांशपेसी दुखेको, कपाल फुल्ने र झर्नेमा पातको रस खाइन्छ,दलिन्छ । पातलाई पानीमा हाली मधुरो आगोमा पकाई साइटिकामा दलिन्छ ,खाइन्छ । पात र फूललाई तातो पानीमा हाली सुत्केरी महिलालाई ख्वाउँदा छिटो साल-नाल झर्छ । अनुहारलाई चम्किलो बनाउन यसको फूलको लेदो दलिन्छ । तालु खुइलिंदा र स्कर्भीमा बीउको धूलो दलिन्छरखाइन्छ।

यसले अन्य नकारात्मक ऊर्जालाई हटाएर सकारात्मक ऊर्जा भरिदिन्छ भन्ने भनाइ छ । त्यसैले पारिजात घरमा रोप्नु अत्यन्त शुभ मानिन्छ ।
धार्मिक महìव त आफ्नो ठाउँमा छँदैछ त्योबाहेक स्वास्थ्यका दृष्टिले पनि यो त्यत्तिकै बहुऔषधीय गुणले भरिपूणर् छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.