हुलाकी न्यूजः पर्सामा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक किशोरको मृत्यू गएको छ । पर्साको जगरनाथपुर गाउँपालिका-६ माधोपुर बस्ने १६ वर्षीय कृष्ण पटेलको मृत्यू गएको प्रहरीले जनाएको छ ।

मंगलबार साँझ ५ बजे जगरनाथपुर-६ स्थित नौरंगी खोलामा पौडी खेल्ने क्रममा डुबेर पटेल बेपत्ता भएका थिए ।

खोजतलासका क्रममा एक घन्टापछि मृत अवस्थामा उनको शव भेटिएको इलाका प्रहरी कार्यालय पोखरियाले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.