हुलाकी न्यूज, जनकपुरधाम :
वर्षौदेखि आँखामा समस्या भएपनि आर्थिक अभावका कारण उपचार गराउन नसकेकी नेहा कुमारी सदाको उपचारका लागि पहल सुरु भएको छ।

सिरहा जिल्लाको मिर्चौया नगरपालिका वडा नम्बर ३ राघोपुर बकथलवाकी ११ वर्षीया नेहाको आँखामा करिब ४ वर्ष पहिलेदेखि नै समस्या देखिएको थियो। तर, आर्थिक रुपमा विपन्न मुसहर परिवारकी नेहाको उपचार हुन सकेको थिएन।

समाजिक सञ्जालमा उनको बारेमा लेखिएपछि उपचारका लागि पहल सुरु भएको समाजिक अभियन्ता पचु माझीले हुलाकी न्यूजलाई बताए।

माझीका अनुसार नेहाको उपचार सिरहा जिल्लाको लाहानमा सम्भव नहुँदा काठमाडौं लग्ने तयारी भएको छ। उनको उपचारमा लाग्ने खर्चका लागि समाजिक सञ्जालबाट आह्वान गर्दा जम्मा १४ हजार ५ सय संकलन भएको माझीले बताए।

नेहाको उपचारका लागी थप रकम आवश्यक पर्ने बताउँदै माझीले निम्न अकाउण्ट नम्बर उपलब्ध गराए।
नेहाको बुवाको नागरिकता नभएर सुनिल सदाको नाममा रहेको खाता सार्वजनिक गरेका छन्- Sulindra Kumar Sada, Global IME Bank- 5607010011536
Mo. +9779815718222

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.