हुलाकी न्यूज, जनकपुरधामः
नेपाल स्काउटको प्रदेश नम्बर २ को तदर्थ समिति गठन गरिएको छ।

नेकपाका केन्द्रीय सदस्य सरोज कुमार यादवको नेतृत्वमा गठन भएको तदर्थ समितिमा धनुषाबाट शम्भु साह सदस्य रहेका छन्। साह नेकपामा सक्रिय हुँदै विभिन्न समाजिक अभियानमा आवद्ध रहेका छन्।

१५ सदस्यीय तदर्थ समितिका अन्य सदस्यहरुमा बाराबाट गंगा मैनाली र मुविन अख्तर आलम, सिरहाबाट राम चरित्र ठाकुर र दिनेश कुमार यादव, सर्लाहीबाट महेन्द्र यादव, सविना श्रेष्ठ, नारायण कार्की, दिलिप प्रसाद उपाध्याय रहेका छन्।

पर्साबाट उमेश कुमार गुप्ता र विजय यादव रहेका छन् भने सप्तरीबाट शिवकुमार महरा, कुवेर प्रसाद गुप्ता र महोत्तरीबाट इशरागन कुमारी सदस्य रहेकी छिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.