हुलाकी न्यूज,काठमाडौं : नेपाल र बंगलादेशबीचको दोस्रो खेल आज हुँदैछ।

खेल नेपाली समयअनुसार अपराह्‍न ४:४५ मा सुरु हुनेछ।

मुजिब बर्सो फिफा इन्टरनेसनल सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल २-० गोल अन्तरले पराजित भएको थियो । आज जित्‍नै पर्ने दबाबमा नेपाल छ। नेपालले ट्रफी उचाल्नका लागि बंगलादेशलाई ३-० गोलको जित आवश्यक छ । मैत्रीपूर्ण भनिए पनि सिरिज नै आयोजना गरिएकाले नेपाल २-० गोल अन्तरले विजयी भए पनि सिरिजको छिनोफानो पेनाल्टी सुटआउटबाट हुनेछ ।

नेपाली टिमले आजको म्याचका लागि सबै तयारी पूरा गरेको प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन्। अन्तिम तयारीस्वरुप नेपाली टिमले बंगबन्धु रंगशालामा हिजो अभ्यास गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.