हुलाकी न्यूज, डेस्क । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १५ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप सात सय ४० जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १५ हजार दुई सय ५९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार एकैदिनमा सङ्क्रमित हुनेको सङ्ख्या यो हालसम्मकै धेरै हो । त्यस्तै पछिल्लो २४ घण्टामा आठ सय २३ जना कोरोनामुक्त भएर घर फर्किएका छन । अब नेपालमा कोरोना सङ्क्रमण जितेर घर फिर्नेको सङ्ख्या ६ हजार एक सय ४३ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म प्रदेश नम्बर १ मा ६ सय ७४, प्रदेश नम्बर २ मा तीन हजार नौ सय ९५ र वाग्मती प्रदेशमा पाँच सय सात जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै गण्डकी प्रदेशमा एक हजार एक सय १८, प्रदेश नम्बर ५ मा तीन हजार आठ सय ९१, कर्णाली प्रदेशमा एक हजार पाँच सय ३९ र सुदूरपश्चिम प्रदेशमा तीन हजार पाँच सय ३५ जनामा सङ्क्रमण देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.