हुलाकी न्यूजः नेपालका ६ वटा जिल्ला कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भोजपुर, पाँचथर, रसुवा, मनाङ, मुस्ताङ र हुम्लामा एक जना पनि सक्रिय सङ्क्रमित छैनन् । ती जिल्लामा एक पटक कोरोना सङ्क्रमित देखिए पनि सबैजना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।

यस्तै रौतहट, कैलाली, र बाजुरामा पाँच सयभन्दा धेरैका दरले सङ्क्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

अहिले देशका विभिन्न अस्पतालका आइसोलेशनमा पाँच हजार आठ सय २५ जना सङ्क्रमित उपचाररत छन् । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार प्रदेश नम्बर १ मा ७९, प्रदेश नम्बर २ मा एक हजार आठ सय ४४, वाग्मती प्रदेशमा चार सय ११ र गण्डकी प्रदेशमा चार सय आठ जना उपचाररत छन् ।

यस्तै प्रदेश नम्बर ५ मा चार सय १४, कणर्ाली प्रदेशमा तीन सय १७ र सुदूरपश्चिम प्रदेशमा दुई हजार तीन सय ५२ जना सङ्क्रमित उपचाररत छन् । नेपाल कुल सङ्क्रमितको सङ्ख्या १७ हजार पाँच सय दुई पुग्दा निको हुनेको सङ्ख्या ११ हजार ६ सय ३७ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.