हुलाकी न्यूज, सबैला(धनुषा):
जनता समाजवादी पार्टी (जसपा)का नेता एवं प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले मधेशमा नेपाली कांग्रेस र नेकपाको जग हल्लिएको बताएका छन्। अब एक धक्का दिए नेकपा र कांग्रेस चुरेक्षत्रभन्दा पारी नै सिमित हुने दाबी मन्त्री सोनलले गरेका छन्।

धनुषाको सबैलामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै मन्त्री सोनलले कांग्रेसमा पुतना प्रबृति र नेकपामा कंस प्रबृति रहेको सुनाए।

पुतनाले कृष्णलाई विष पिलाएको जस्तै कांग्रेसले मधेशीलाई बिष पिलाएको मन्त्री सोनलको भनाई छ।

‘हाम्रो समाजमा पुतनाको रुपमा नेपाली कांग्रेस र कंसको रुपमा नेकपाले प्रताडित गर्दैछ।’ मन्त्री सोनलले भने,‘मधेशीहरु संगठित भएर यस्ता प्रबृतिको विरुद्ध लड्नु पर्छ।’

भिडियोः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.