मोबाईलमा एका एक माघव घिमिरेद्वारा लिखित गौरि मर्मस्पर्शी कथा अचानक घन्कियो। सुन्दर वाचन आवाज साच्चिकै ललिपपको रयाल काट्ने आवाज थियो। धुम्तिसहरले घुमाइरहने वस्तुकलाले सर्जित मिथिला कलाले मन्त्रमुग्ध बनाउदै थियो। भरखर केहि दिन अगाडि जम्मा एक पाना कालो मसि के ति सेता काजमा सजाएको थिए रहस्यमय शब्दले बारम्बार घच्घच्याइ रह्यो। जस्तै ति कलामा मिथिला मात्र होईन मिथकीय कथावस्तु हराएको छ। घोत्लिए, मन्न गरे, मष्तिस्कमा केहि बेर दवाव दिए , फेरि केहि सोचे अहँ साँच्चि पटक्कै केहि सोचिएन।
मिथिला रेष्टुरेन्टबाट जानकि मन्दिरको बाटो प्रस्थान गरे। मनमा केहि कुरा खेल्दै थियो। मिथक स्वैरकल्पनाको मस्त निद्रामा थियो। थकित ति सडक केहि बिजुलिको चमकमा रमाई रहेको थिए ‌। कतै बिचका डिभाइडरको साईडमा एक हुल गाईको बास छ भने कतै सहरको रौनक्तालाई ठेला गाडा ले पुर्णत्या बन्देज गरेको छ।  मनमा प्रश्नले डाँडो बनाउन लागि सक्दा पनि अँह केहि चित्त बुझ्दो जवाफ भने भेट्टाईन।
बाह्रबिघा हुदै दुई खुट्टा जानकी मन्दिर तिर सरल र सहज गतिमा हुई-किदैछ। बाटोमा गाई हेरेर ‘जनकको दरबारको बिच सडकमा गाई ?’ यिनका सम्रक्षक र संरक्षणको जिम्मेवारी कस्को ? यसबाट घट्ने सडक दुर्घट्ना को जिम्मेवारी कस्को ? उता गौरि कथाले विट मार्न अन्तिम हरफमा थियो । त्यस आवाजलाई विट् मार्दै केहि कुना काप्चामा सेता भित्ता राता भएको तिनै कुना काप्चा दुर्गन्धीत थियो। ति सामान्य समस्यालाई व्यवस्थापकिय जिम्मा कस्को ? कस्ले गर्ने होला ? होस् ! यि प्रश्नहरु निकै कठिन र अप्ठेरो छ। होस्…! केहि दिनको बसाई अझै बाँकि छ। बरु आज राति लाई सजाएको घाटलाई पुर्णतया दिऊ जस्तो लाग्यो।
जानकि मन्दिर फिर्दा फिर्दै बाटोमा मोबाइल बज्यो। यसो निकाले र नियाले। जागृती को रहेछ। बाटोमै एक टक्क रोकिएर फोन रिसिभ गरे। उताबाट हेलो आवाज सुन्ना साथ एक लभ्य आवाज मिस्सियो । डार्क को तेस्रो सिजन हेर्यौ घर्षे ?
अहँ समयको घज्जि उडाएको छु । मर्मस्पर्शी कथा लेखन तथा खोजको लागि कालन्तरमा जनकपुर आएको हुँ । तर अहँ अहिले सम्म मैले सोचेको जस्तो छैन् । यता छैन भन्ना साथ उनले थपिन । तिमि सृजना मरुवा हो । सृजना को सृजना ? कस्तो सृजना… !! 

उनि “जो सेता कापिमा कहिले कहिँ तिमिले जवर्जस्ति कोर्ने सामिप्यताका शब्दावली। सृपेच पहिरन एकलभ्य। भव्य ।” मैंले केहि सृजना मारेको थिए। एक थान कापिमा थुप्रै लेखलाई अधुरो छाडेको दृश्यावलोकन कर्ता उनै हुन्। प्रतिउत्तर फर्काउन अगाडि मौन भए र ति सादा कागज जसमा मैंले कहिले सोचेको थिए जनकपुरधाम बारे। तर त्यो सरल थिएन मिथक नगरकोटीको हढास थियो।

जवरजस्ती लेखनको मज्जा आउँदैन, त्यस्ता लेखनलाई मैंले पुर्णत्या पलुलिस्ट राइटरको नामाकरण गरेको छु । आफै त्यो कर्ममा बढ्न अहँ प्रेरणा आउदैन।

—-***—

मेरो मौनता लाई चिर्दै उनले भनिन् ” ओ मिस्टर मौनतामा पनि कहिले काहि बाडुलि लाग्ने गरेको छ।कि तिमीलाई पनि लाग्यो ? प्रतिउत्तरमा मैंले भने ” बाडुली अक्सर सोचमा लाग्छ । शुन्यतामा उभिएको ‘म’ मा बाडुली ..! हा हा हा ..!” उनले भनिन् तिमि यिनै कुराको घमण्डी छौँ ।

– कस्तो ? – कस्तो कस्तो ‘ अक्सर तिमिले रातलाई गम्भीरतापूर्वक नियाल्छौ सायदै त्यो सबै तिमि शुन्यतामा भएर होइन तिमि शुन्यतामा हराउन खाने एक क्वाटर भोड्का र एक डिब्बा खिल्लि ..!

– होला तर तिम्रो आदर्श प्रतिको आस्थालाई आलोच्य गर्ने अवस्थामा छैन। – म केहि कुरा खोज्दै छु । ति रङ्गिन चित्र भित्रको क्यानभासमा मिथिला चित्रकलामात्र छ कि, मिथकीय स्वैरकल्पना पनि।

ओ..माइ् गड् !! क्यान्भासका रङ्गिन चित्रले तिम्रो रङ्गहिन् चरित्र उजाडि दियो भने। तिम्रो सम्भोगमा कुर्दै गरेका ति काला मसि थोपा थोपा भएर चुहिए भने । काजको मलिन्ता हरायो भने। कस्लाई दोष दिन्छौँ। कालान्तरमा जनकपुरले त्यो त बुझ्दैन्।

– खैर सबैले बुझ्ने नै भएको भए मैंले तिमि संग जनकपुरधाममा बसेर कल्पनाको सागरमा डुवेर बात मार्नु पर्दैन थियो होला । कुनै होटलको कुनाको टेवलमा बसेर दुई गिलास चेस् गर्दै, तिम्रो डार्क र मेरो यु सिरिजमै गफिन्थ्यौ होला। – होला होला ..! सकिदैन तिम्रो वात काट्न। कट्टु सत्य केहि भने तिमिले सन्जुलाई स्वर्णकार बनाऐर छोडेका छौं। उ तिम्रो कलमको पर्खाइमा छ । तिम्रो मायाको खाँचोमा।

– बस् “सन्जु” पात्र हो जसले कालन्तरमा जिवनको प्रभाव एकरुपता छैन भन्ने सिकाईन अनि थप उनले मलाई स्वप्नदोषबाट बचाइ राखिन् । मायाको खाँचो त जनकपुरधामलाई छ । यहाँको निस्याइलो चिर्न केहि दिन यहि हुने छु ।

– कहाँ कुन ठाउमा बास छ महोदय ?

– तिमि संग सम्बाद गर्दै म ठिक जानकी मन्दिर हुदै अहिले गंगासागरको डिलमा रहेको स्वर्गद्वारी अगाडि पुग्दै छु ।

– व्याट ? ( डराउदै ) चिहानको अभिलेखमा पनि केहि अस्तु खोज्दै छौ कि आफ्नै अस्तुको लागि एक अन्जुली राख लिन ?

सरल प्रश्न भने छैन । तर रातको यो शुन्यतामा यहाँको कुरुपता लैजान केहि मन्त्र पढ्ने छु हवनको लागि चित् आत्मा संग माफि माग्ने छु । अनि भन्ने छु । यो धाम धाम रहेनछ। यो सहर स्वर्ग रहेनछ । यहाँका कुरुपतावादिको नाउमा एक अन्जुली अस्तु गंगा सम्झि गंगासागरमा सेलाउने छु । अनि कोटि नमन गर्दै यहाँको मौलिकतामा राष्ट्रिय संवाद खडा गर्ने छु ।

– धन्य होस् ..! महोदय हजुरको । जुन सहरले आफ्नो कुरुपता नियाल्न सकेको छैन त्यही सहरलाई भिष्म पितामहको मन्त्र पढ्ने जमर्को सायदै कसैले गर्छ । (चकित हुदै ) जिवितै मानिसको नाममा राख कस्ले सेलाउँछु ?

– म सेलाउँछु । कालान्तरमा जनकपुरले जनक बिर्सिएको दशकौ भयो । सिता र रामको विवाह कि त विवाह पन्चमीमा सम्झन्छन् कि कालान्तरमा कुनै पर्वमा नै । यहाँका कुरुपतावादिले स्वार्थ पूर्तिका लागि मिथिलालाई मघेश र काठमाडौंलाई परदेश बनाएका छन् । हो ! यो शान्ति हवन र राख तिनै कुरुपतावादिको नाममा सेलाउने छु । अनि अग्नि देवताको पूजा संगै कुरुपता बनाउन सघाउने कालागि एकिकरणको मन्त्र पढ्ने छु।
– धन्य होस् हजुर ..! सायद क्वाटर र खिल्लिको रवाफ नभएको भए महोदय हजुर अहिले घाटमा होईन मिथकीय कथावस्तुलाई समसामयिक विषयमा संवाद खडा गर्नु हुन्थ्यो होला । विश्राम पाउँ। यहाँको योजनाले पुर्णता पाओस् । यहाँको परदेश अवतरण पछि खबर पाउँ।
– पक्कै पनि खवर गर्ने छु तर साच्चै मैले आज न क्वाटर लिएको छु न खिल्लि म त यहाँको अस्तव्यस्ततामा हराएको छु। खोजिको कथा: छाडेर घाटमै अस्तु जम्मा पारि गंगासागरमा सेलाउने छु। उता बाट गुडनाइट् को औपचारिक्ता सकाउदै म लागे घाट भित्र।

 

 लेखक: दिवाकर उप्रेती 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.