हुलाकी न्यूज, सबैला(धनुषा): धनुषाको सबैला नगरपालिकाबाट वैदेशिक रोज़गारीमा साउदी अरेबिया गएका मधेशीहरुले आफ्नो गाऊँका ४ परिवारलाई गैर आवासीय मधेशी संघ (NRMA) मार्फ़त आर्थिक सहयोग गरेका छन्।

कोरोना महामारीका कारण ठुलो कार्यक्रम नगरी जनमत पार्टीका पदाधिकारीहरुले स-साना भेला गरी बिप्पन्न परिवारलाई ती सहयोग राशी हस्तान्तरण गरेका छन्।

ब्लड कैन्सरबाट पीड़ित धनूषा सबैला न.पा.-३ का मनोज राउतलाई आवश्यक उपचारका लागी ३०हजार सहयोग गरिएको छ।

त्यस्तै, अति गरीबीको अवस्थामा रहेका धनुषा सबैला न.पा ८ ठिल्लाका बूधना मंडललाईं पशुपालन गरेर जीविका चलाउन १५ हजार सहयोग गरिएको छ।

यसैगरी सबैला न.पा. ३ सबैलाका एकल महिला गूलाबो देबी साहलाई पशुपालन गरी आय आर्जनमा सहयोगका लागी १० हजार प्रदान गरिएको छ।

त्यस्तै शारीरिक र आर्थिक रूपले कमजोर धनूषा चारनाथ न.पा. पथराही टोलका मोहम्मद ककुलतालाई सानो उद्योग ब्यवसायका लागी २० हजार सहयोग गरिएको छ।

यस कार्यमा गैर आवासीय मधेशी संघ साउदी अरेबियाका त्रिलोकी साह, गूलाब भगत, बलेशवर यादव, भूनेशवर मंडल, जहिर खान, फिरोज खान लगायतका स्वराजीहरुले सहयोग र समन्वय गरेका छन्, भने सबैलामा आर्थिक सहयोग वितरणका लागी जनमत पार्टीका अनिता साह, दिपनरायण यादव, संजय प्रधान, बबीता यादव, राकेश राउत, नारायण नायक, प्रभुनरायण यादव र बिजय यादव लगायतका स्वराजीहरुले समन्वय गरेका छन्।

एकातिर सत्ताधारी पार्टीहरु भ्रष्टाचारमा लिप्त भएको, सरकार चलाउन असक्षम साबित भईसकेको, खोक्रो नारामा सीमित भएको, साधारण जनतालाई बर्षौं देखी सपनाको भूल भूलैयामा राखेको अवस्थामा जनमत पार्टीले मधेशदेखि बिदेशसम्म मधेशीहरुका लागी काम गर्दै आईरहेको एनआरएमए अन्तर्राष्ट्रीय समितिका अध्यक्ष तथा जनमत पार्टी बिदेश बिभाग प्रमुख ई. बसन्त कुशवाहाले बताएका छन्।

बिदेशमा रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघले वैदेशिक रोज़गारमा रहेका मधेशीहरुको हकहितका लागी सदैव काम गर्दै आएको संगठन हो। ४५ देशमा प्रतिनिधित्व गर्दै आएको यस संगठनमा हाल २ लाख भन्दा बढ़ी सदस्यहरु आबद्ध छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.