हुलाकी न्यूज,जनकपुरधाम : प्रहरी दिवसको अवसरमा संघिय प्रहरी कार्यालय जनकपुरधाम परिसरमा विभिन विरुवा जरुतै आंप, नीम, अमला, बेल, राजवृक्ष, अम्बा, गोल्डमोहर र भलसरीको गरी २३ वोटा विरुवा रोपण गरेका हुन।

यस वृक्षारोपण कार्यक्रमा डियाजी धिरज प्रताप शाह, एसएसपी किशोर कुमार दहाल लगायत सकल दर्जाको प्रहरीहरू, नागरिक समाजका अगुवा अमरचन्द्र अनिल र सुरेश शर्मा समेतको सहभागीता भएका थिए।
यसको अतिरिक्त महोत्तरी जिल्लाको प्रहरी कार्यालयहरुमा पनि आज वृक्षारोपण गरिएको छ।
यस वृक्षारोपणका लागि आबश्यक विरुवाहरू स्थानीय डिभिजन वन कार्यालयहरुको स्थानीय नर्सरीबाट उपलब्ध गराइएको थियो। सरसफाई तथा पर्यावरण अभियानी एवं सहायक वन अधिकृत सुरेश शर्माले भनेका अनुसार यस्तो अवसरहरुमा वृक्षारोपण कार्यक्रमको आयोजना हुनु र हामी पर्यावरण प्रेमीहरूको लागि खुशीको कुरा हो सथै प्रहरी हाम्रो साथी स्लोगन बमोजिम सबैले महसुस हुनेगरी काम कारबाही होस र यसमा हाम्रो तर्फबाट हने सहयोग पनि गरौं। ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.