हुलाकी न्यूज,काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा धनुषा क्षेत्र नम्बर तीनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।

धनुषाको प्रतिनिधि सभाको तीन नम्बर क्षेत्रबाट तीन जना शक्तिशाली उम्मेदबारहरु उठ्ने भएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, जनकपुरधामबाट लगातार दुई पटक निर्वाचित हुँदै आएका सांसद संजय साहकी श्रीमति रंगिला देबी साह र नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिबीच प्रतिस्पर्धा हुने भएको छ ।

नेपाली कांग्रेससँग तालमेल नभए पछि राजपा नेता महतो धनुषा तीनबाट उठ्ने निश्चित भएको बताएका छन् । स्थानीय निकायको निर्वाचनमा राजपा जनकपुरधाम उपमहा नगरपालिकामा विजय भएको छ ।

त्यस्तै, मधेश आन्दोलनबाट लगातार दुई पटक निर्वाचित भएका संजय साह की श्रीमति रंगिला देबी साह चुनावमा भिड्दै छिन् । राजपाका सांसद संजय साहलाई पार्टीले बेवस्ता गरेको भन्दै साहले रंगिला साहलाई चुनाउमा उठाउने भएका छन् । अन्तिम समयसम्म राजपालाई कुरे पनि पार्टीले वेवास्ता गरेको भन्दै बाध्य भएर स्वतन्त्र रुपमा उम्मेदबारी दिनु पर्ने अवस्था आएको साहको परिवारजनले जनाएको छ । साहलाई बाम गठबन्धनले समर्थन गर्ने सम्भावना रहेको छ ।

त्यस्तै, साविक धनुषा तीनबाट एमालेकी जुली महतोलाई चुनावमा हराउँदै निर्वाचित भएका कांग्रेस नेता विमलेन्द्र निधि पनि यसै क्षेत्रबाट चुनावमा उठ्ने घोषणा गरिसकेका छन् ।

तीनै जनाले विहीबार मनोनयन दर्ता गराउँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.