हुलाकी न्युजः धनुषामा निषेधाज्ञा पुनः एक साताको लागि बढाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले अहिलेको परिष्थीतीलाई मध्यनजर गर्दै पसल सञ्चालन गर्ने नियममा हेरफेर गरी निषेधाज्ञा एक साताको लागि थप गरिएको जनाएको छ ।

जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रक सिफारिस आ जिल्ला सुरक्षा समितिक निणर्यअनुसार प्रशासन कार्यालय असोज ४ गते राति १२ बजेसम्मको निषेधाज्ञा बढाएको छ । यस भन्दा पहिला आइ राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको थियो ।

आज जारी गरिएको निषेधाज्ञाको मापडण्डमा व्यपारीलाई सहुलीयत हुने गरी हेरफेर कएल गेल अछि ।

जाहिअनुसार आब किराना, फलफूल र तरकारी पसलहरु विहान ११ बजे सम्म र बेलुका ५ बजे देखि ८ बजे सम्म खोल्न सक्ने अनुमति दिईएको छ । यसैगरी, निषेधिक बाहेक अन्य पसलहरु समेत ११ बजे देखी साँझ ६ बजे सम्म सञ्चालन गर्न सक्ने बताईएको छ ।

त्यस्तै, निजि सवारी साधनहरु जोर विजोर प्रणलीमा चलाउने र स्वास्थ्य सम्बन्धी मापडण्ड कार्यालय प्रमुखले पालना गर्ने गराउने गरी सबै प्रकारका संस्थाहरु समेत खोल्ने अनुमति दिईएको छ ।

तर, सार्वजनिक यातायात, शैक्षिक संस्था, सैलुन तथा व्युटिपार्लर, आन्तिरक उडान, सभा गोष्ठी, सिनेमा हल लगायत विभिन्न भिड भाड हुने स्थानहरु भने अहिले खोल्नमा पूणर् रुपमा प्रतिबन्ध लगाओल गेल अछि ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.