हुलाकी न्यूज, डेस्क । जनकपुरमा एक बालिकाको बलात्कार गरि हत्या भएको स्थानियहरुले आशंका जताएका छन् ।

भैंसी चराउन गएकी जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाकी विनोद पजियारका ११ वर्षीया छोरी कञ्चन पजियारको बलात्कार गरी हत्या भएको स्थानियहरुको आशैका छन् ।

बुधबार दिउँसो घर नजिकैको आँप बगैंचामा भैंसी गोठालो गएकी
कञ्चनको शव शुक्रबार मध्याह्न १२ बजे घरभन्दा एक किलोमिटरको दुरीमा रहेको दुधमती नदिमा फेला परेको प्रहरीले जनाएको छ ।

बुधबार देखि कञ्चन बेपत्ता भएपछि व्यापक खोजविन गर्दा पनि कञ्चन भेटिएकी थिइनन । घटनास्थल नजिक दुर्गन्ध फैलिएपछि खोजविन गर्दा कञ्चनको शव भेटिएको हो । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ । घटनको बिस्तृत बिवरण आउन अहिले बाकीँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.