हुलाकी न्युजः कोरोना संक्रमणबाट धनुषामा दुइ दिनयता थप दुइजनाको मृत्यु भएको छ । बटेश्वर गाउँपालिका—५ का ७० वर्षीय पुरुषको गत असोज १ गते राति र २ गते सबैला नगरपालिका—३ का ६८ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको हो ।

पेटमा आन्द्राको समस्याका साथै मधुमेहबाट ग्रसित बटेश्वरका पुरुषलाई श्वाँस प्रश्वासमा समस्यादेखिएपछि गत भदौ २३ गते प्रादेशिक अस्पताल जनकपुरको आईसीयुमा भर्ना गरिएको थियो । त्यहँी उपचारको क्रममा उनको राति १० बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । त्यस्तै मृतक सबैलाका पुरुष समेत दम र मधुमेहका दिर्घरोगी थिए ।

श्वासप्रश्वाँसमा समस्या देखिएपछि गएको भदौ २७ गते उनी प्रादेशिक अस्पताल भर्ना भएका थिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको स्वाब संकलन गरी परिक्षण गर्दा असोज १ गते कोरोना पोजेटिभ देखिएको थियो । त्यसलतगै उनलाई आईसीयुमा राखि उपचार भैरहेकोमा शुक्रवार दिउँसो करिब ३ बजेतिर उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय धनुषाका सूचनाअधिकारी गणेश मिश्रले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.