हुलाकी न्यूजः धनुषाको गणेशमान चारनाथ नगरपालिकाका मेयर रामबाबु यादव अस्पताल भर्ना भएका छन् । नगरपालिका कार्यालयमै कर्मचारीहरुसंग विवाद हुँदा चर्काचर्कीपछि उनी एक अस्पतालमा उपचारको लागि भर्ना भएका हुन् ।

 

आइतबार साँझ नगरपालिकाकै कार्यालयममा मेयर यादव र प्रमुख प्रशासकीय अधिकृत मित्रप्रसाद काफ्ले लगायतका कर्मचारी बिच विवाद भएको थियो । त्यस लगतै उनी अस्पताल भर्ना भएको कार्यालयका एक कर्मचारीले बताए ।

 

‘मेयरकै कर्यकक्षमा ढोकाको चुकु लगाएर प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियर र लेखाअधिकृत बिच कुनै विषयमा छलफल चल्दै थियो । त्यतिकैमा ड्यांग डुंगको आवाज पनि आयो’ ती कर्मचारीले भने ‘ लगतै ब्लडप्रेशर भयो भन्दै मेयर साहेबलाई अस्पताल लगियो ।’

मेयर अस्पताल भर्ना भएपछि उनीमाथि कर्मचारीहरुले आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ ।

घटना विषयमा प्रमुख प्रशासकीय अधिकृत काफ्लेले अकास्मिक मिटिंगमा आफु रहेको रहेको बताउँदै कुरा गर्न मानेनन् ।

 

भित्र के विषयमा विवाद र भनाभान भयो भन्ने कुरा खुल्न सकेको छैन । यधपि असार मसान्त सकिएकाले हरहिँसाबको विषयमा विवाद हुन सक्ने आशंका गरिएको छ । यता मेयर र कर्मचारीहरुले घटना लुकाउने प्रयासमा लागेको एक कर्मचारीले टुडेपाटीलाई जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.