हुलाकी न्यूजः धनुषाको पूर्वी भेगका चारसय घरधुरी कमला नदीको उच्च जोखिममा परेको छ । निरन्तरको वर्षाले कमला नदीमा आएको तिव्र वगेगको बाढीले बाँध कटान गर्न थालेपछि धनुषा र सिरहाको सिमावर्ती क्षेत्रका गाउँघर उच्च जोखिममा परेको हो ।

धनुषाका सबैला, कमला र शहिदनगर नगरपालिका लगायतका क्षेत्रमा ४ सयभन्दा बढी घरधुरी उच्च जोखिममा परेका छन् ।

निरन्तररुपमा परेको भारी वर्षातका कारण आएको बाढीमा परि कमला नदीले तटबन्ध कटान गर्न सुरु गरेको छ । कमला नदीको बाढीले ठूलो जनधनको क्षति गर्न थालेपछि नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका निवर्तमान उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृकाप्रसाद यादवले स्थलगत अवलोकन गरेका छन् ।

कमला नदीको बाढीले सबैला नगरपालिकाको वडा नम्बर ४ र १३, कमला नगरपालिकाकाको वडा नम्बर ५, ६, ७, र ८ र शहीदनगर नगरपालिकाको वडा नम्बर १ को बस्ती र सर्वसाधारणको घर समेत भत्किएको अवस्था छ ।

खानपिनको अभावमा पीडित परिवारको जनजीवन कष्टकर बन्दै गएको छ । बाढी क्षेत्र पुगेका नेता यादवले जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह गरेका छन् ।

बाढीको बहाव बढ्दै गएको र जनधनको व्यापक क्षति हुन सक्ने भएकाले सम्बन्धित स्थानीय तह र जिल्ला प्रशासन कार्यालय धनुषालाई नेता यादवले सहयोगका लागि जुट्न अपिल गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.