हुलाकी न्युजः धनुषामा निषेधाज्ञा पुनः एक साताको लागि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय कोरोनाक सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढी रहेकाले निषेधाज्ञाको समय अवधि फेरि एक हप्ताका लागि थप गरिएको जनाएको छ ।

जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रक सिफारिस र जिल्ला सुरक्षा समितिको निणर्यअनुसार प्रशासन कार्यालय भादो २८ गते राति १२ बजेसम्मको निषेधाज्ञा बढाएको छ । यस भन्दा पहिला आज राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको थियो ।

आज जारी भएको निषेधाज्ञाक मापदण्डमा केही हेरफेर गरिएको छ । जसअनुसार अब बेलुका २ बजे सम्म पसल खोल्न सक्ने अनुमति दिईएको छ ।

यसरी खोल्न सक्ने पसलहरुमा खाद्यवस्तु, इन्धन, ग्याँस, तरकारी, फलफूल, दूध डेरी, हार्डवेयर, कपडा लगायतको पसलहरु रहेको छ । यसको लागि व्यवसायीले स्वास्थ्य सुरक्षाका हरेक मापदण्ड पूरा गर्नुपर्ने भनिएको छ ।

तर, सैलुन व्युटिपार्लर, बजार, सब्जीमन्डी, शैक्षिक संस्था लगायत भिडभाड हुने स्थान सञ्चालन गर्न नपाउने बताइएको छ । त्यस्तै, शनिवार अत्यावश्यक बाहेक सबै सबै पसलहरु पूणर् रूपममा बन्द गनुपर्ने बताईएको छ ।

त्यस्तै, होटल तथा रेष्टुरेन्ट अनलाइन अडरका होम डेलिभरी तथा ग्राहक आफै आएर टेकअवे विधिबाट सञ्चालन गर्न सक्ने छ । अब मोटरसाइकल र सिटी रिक्सामा बढीमा दु जना राखि चलाउन औपचारिक अनुमति भेटिएको छ ।

तर, जोर गते जोर र विजोर गते विजोर नम्बरको गाडी मात्र चलाउन दिने निणर्य भएको छ । यद्यपि, सार्वजनिक निजी सवारी साधन बन्द रहने जनाईएको छ ।

त्यस्तै, सम्बन्धित जिल्लाबाट दिईएको पास बाला सवारी साधन बाहेक अरु कुनैपनि जिल्लाको सवारी साधन यस जिल्लाभित्र प्रवेश निषेध गरिएको छ । त्यस्तै, जिल्ला भरी नै राति ८ बजे देखि विहान ५ बजे सम्म बाहिर नजान समेत भनिएको छ ।

त्यसैगरी, १० वर्ष भन्दा मुनि र ६० बर्ष भन्दा माथि उमेरका व्यक्तिहरुलाई बाहिर निस्कन पूणर् रुपमा प्रतिबन्ध लगाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.