हुलाकी न्यूज, जनकपुरधाम :
सामूहिक बलात्कारमा परेकी धनुषाको सबैला नगरपालिका १२ की सवरी सदा (परिवर्तति नाम)लाई घटना मिलाउन आर्थिक प्रलोभन दिने र ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ परेका छन्।

बलात्कारका आरोपित धनुषाधाम न.पा. वडा २ धरमपुरका २७ वर्षीय बन्ठा भन्ने श्याम सुन्दर यादवका बुवा ५५ वर्षीय सत्यनारायण यादव पक्राउ परेका छन्। छोराले बलात्कार गरेको घटना मिलाउन बाबु सत्यनारायणले पीडित पक्षलाई आर्थिक प्रलोभन र ज्यान मार्ने धम्की दिएका थिए।

पक्राउ परेका सत्यनारायणलाई प्रहरीले सार्वजनिक अपराधमा मुद्दा चलाएको छ।

भदौ १ गते साँझ ६ बजे धनुषा नौसयबाट आफ्नो घर रघुनाथपुर जाँदै गरेको अवस्थामा धनुषाधाम न.पा. धरमपुरस्थित सडक खण्डमा १५ वर्षीया किशोरीलाई नियन्त्रणमा लिई चार जनाले बलात्कार गरेका थिए।

बलात्कारमा संलग्न धरमपुरकै शैलेन्द्र यादव, मनोज यादव, श्यामसुन्दर यादवलगायतका फरार रहेका छन्। अन्य दुई जना विजयकुमार यादव र प्रताप सिंह पुर्पक्षका लागि सिन्धुली कारागार चलन भएका छन्।

दलित किशोरीमाथि सामूहिक बलात्कारः पैसा लिएर नमिले ज्यान मार्ने धम्की

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.