बलिउड कलाकार अक्षय कुमार र कियारा आडवाणीको फिल्म ‘लक्ष्मी’ लाई दर्शकले नरुचाएको प्रतिक्रिया दिएका छन्।

समीक्षक र दर्शकको प्रतिक्रियाका आधारमा फिल्मले दर्शकको मन बुझाउन नसकेको प्रष्ट भएको छ । फिल्मले दर्शकलाई मनोरञ्जन दिन नसकेको र कहानी पनि कमजोर भएको टिप्पणी गरिएको छ।

सामाजिक सञ्जालमा फिल्मलाई लिएर कैयन् मिम र ट्रोल भइरहेका छन् । एक प्रयोगकर्ताले ‘लक्ष्मी’ फिल्म योभन्दा स्तरीय हुनुपर्ने धारणा राखेका छन्।

धेरै प्रयोगकर्ताले यो फिल्मले चित्त बुझाउन नसकेको र कलाकारको अभिनय पनि राम्रो नभएको प्रतिक्रिया दिएका छन्।

यो फिल्म ओटीटीमार्फत सोमवार साँझ रिलिज गरिएको थियो । कोरोना भाइरस महामारीका कारण हलमा भने फिल्म रिलिज गरिएन।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.