हुलाकी न्यूजः कान्तिपुर दैनिकका पत्रकार बलराम बनियाँको शव फेला परेको छ । बनियाँको शव मकवानपुर जिल्लाको सिस्नेरीमा फेला परेको हो ।

मंगलवार करिव ६ बजेको समयमा मकवानपुर भिमफेदी गाउँपालिका वडा नम्वर ०८ दोभानवेशी स्थित बागमती नदी किनारमा रहेको माण्डु हाईड्रो हेडवक्समा शव फेला परेको थियो ।

काठमाडौंको बल्खुबाट उनलाई वाग्मतीले बगाएको थियो। महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले शव भेटिएको पुष्टि गरेका छन् ।

कान्तिपुर पब्लिकेसनले तीन दिनदेखि पत्रकार बनियाँ हराएको भन्दै प्रहरीमा खोजीका लागि निवेदन दर्ता गरेको थियो । आज बिहान कान्तिपुर पब्लिकेसनले यस्तो निवेदन दिएको थियो। कान्तिपुरको अनलाइन संस्करणले पनि उनको मृत्यु भएको समाचार प्रकाशित गरिसकेको छ ।

पत्रकार बनियाँ हराएपछि महानगरीय अपराध महाशाखाको टोली पनि खोजीमा परिचालित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.