हुलाकी न्यूज : कलेजो प्रत्यारोपणको क्षेत्रमा विश्वमै नाम कमाउदै गरेका, भारतको मेदान्ता अस्पतालमा कार्यरत ३९ बर्षीय नेपाली डा. सुजित कुमार साहको अचानक मृत्युले उनलाई नजिकबाट चिन्ने-जान्ने सबैलाई स्तब्ध तुल्याएको छ । अत्यन्तै मिजाजिलो स्वभावका उनी अरुलाई सफल हुन उत्साहित गर्ने व्यक्ति भएको र उनले आत्महत्या गर्लान भनि कसैले पत्याउन नसकिने कुरा उनीसंगै कार्यरत अर्का नेपाली डा. एकानन्द सिंह बताउंछन । गत सेप्टेम्बर २ का दिन डा. साहको शव गुरुग्राम स्थित उनी बसेको अपार्टमेन्टको भूईंमा फेला परेको थियो ।
प्रहरीले भने मृतक डा. साहले उनी आफू बसेको ८ औं तल्लामा रहेको फ्ल्याटको बालकोनी बाट हाम फाली आत्महत्या गरेको अनुमान गरेको छ ।

यसरी विदेशी भूमिमा डा.साह को शंकास्पद मृत्यु प्रति चिकित्सक जनमत संघले शोक व्यक्त गरेको छ । संघले एक प्रेस विज्ञप्ति जारी गर्दै यस घट्ना बारे निश्पक्ष छानविन गर्नका लागी भारत स्थित नेपाली दूतावासको पहलमा यथाशिघ्र प्रकिया बढाई सत्यतथ्य पत्ता लगाइदिन नेपाल सरकार समक्ष आग्रह गरेको छ ।
विस्तृत तल प्रेस वक्तब्यमा :

1 COMMENT

  1. डा. सुजित साहको शंकास्पद मृत्युको निश्पक्ष छानविन यथाशिघ्र प्रकिया बढाई सत्यतथ्य पत्ता लगाइदिन नेपाल सरकार समक्ष आग्रह छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.