एजेन्सी (वाशिंग्टन) :
अमेरिकामा टिकटक बन्द गर्ने आदेशलाई अदालतले खारेज गरेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश दिदै टिकटकमाथि प्रतिबन्ध लगाउने भनेको थियो।

चिनियाँ भिडियो सेयरिङ एप टिकटक डाउनलोड गर्न नपाउने ट्रम्पको उक्त आदेशलाई वाशिंग्टनका एक डिस्ट्रिक्ट न्यायाधीशले रोक लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ।

यसबारे विस्तृत फैसला पछि गर्ने बताएका छन्।

राष्ट्रपति ट्रम्पले गत अगस्टमा राष्ट्रिय सुरक्षाका लागि खतरा भएको भन्दै टिकटकमा प्रतिबन्ध लगाउने आदेश जारी गरेका थिए। भारतमा पनि टिकटक प्रतिबन्धित छ। टिकटकको विकल्पमा भारतले अन्य एपहरु प्रयोगमा ल्याएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.