हुलाकी न्यूज, सिराहा : जनमत पार्टीले यही आउंदो चैत्र मसान्तभित्र प्रथम महाधिवेशन गर्ने कार्यदिशा अनुसार आफ्नो तयारी शुरु गरेको छ ।
सोही अनुसार भाद्र २४ गते सिराहा जिल्लाको मिर्चैया नगरपालिका १० मा प्रथम वडा-स्तरीय अधिवेशन सम्पन्न गर्दै स्थानिय / क्षेत्रीय अधिवेशनको सुरुवात गरेको छ ।
बुधबार सम्पन्न अधिवेशनबाट मिर्चैया -१० मा किशोरी साहको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मतिबाट निर्वाचित भएका छन् ।
उपाध्यक्षद्वयमा कविलासी देवी महरा र सञ्जय महतो , सचिवमा इन्द्र कुमार सिंह , सहसचिवमा श्याम कुमार महरा र कोषाध्यक्षमा विन्देश्वर चौधरी निर्वाचित भएका हुन ।
यसैगरी सदस्यहरुमा , असलानी सदा , विजय कुमार साह , एकलासदेवी सदा , महेश्वर महरा र शारदा देवी महरा निर्वाचित भएका छन् ।

नवनिर्वाचित पदाधिकारीहरुलाई जिल्ला अधिवेशन समिति सदस्य एवं अधिवेशन पर्यवेक्षक बिरेन्द्र गामीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए, साथै निर्वाचित पदाधिकारीहरुलाई पदको प्रमाणपत्र समेत प्रदान गरेका थिए ।

उक्त अधिवेशनमा ज.पा. का जिल्ला अधिवेशन समिति अध्यक्ष तथा जिल्ला इन्चार्ज विजय साह , जिल्ला अधिवेशन समिति सदस्यहरु निर्मल मण्डल , सन्तोष यादव , कविता सिंह र कपलेश्वर यादव लगायत जिल्लाभरि बाट नेता- कार्यकर्ताहरूको उत्साहपूर्ण सहभागिता सहित सो अधिवेशन भब्यताको साथ सम्पन्न भएको थियो ।

भाद्र १२ गते बसेको ज.पा.को केन्द्रीय समिति बैठकको निर्णय अनुसार फागुन १५ गते सम्ममा मधेसका वडा गाउँपालिका /नगरपालिका / निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न गरी चैत्र मसान्तभित्र पार्टीको प्रथम महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका रहेको छ । अधिवेशन कार्यतालिका बारे जनमत पार्टीको आधिकारिक वेबसाइट http://janamatparty.org/notice मा पनि हेर्न सकिन्छ ।
(तल अधिवेशनको फोटो फिचर साथमा )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.