हुलाकी न्यूजः जनकपुरमा निषेधाज्ञालाई उलंधन गरी लागेको बजारको दृष्य खिच्न गएको पत्रकारमाथि प्रहरीले दुर्व्यवहार गरेको छ ।

प्रदेश नम्बर २ मा दिन प्रतिदिन बढ्ै गएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै जनकपुर सहित प्रदेशका विभिन्न भिडभाड हुने स्थानहरुमा निषेधाज्ञा जारी गरेको छ ।

जस अनुरुप हाटबजार सहित भिडभाड गर्न नपाउने ब्यवस्था छ । तर, जनकपुरधामका विभिन्न स्थानमा हाटबजार सहित भिडभाड नरोकिएको र सुरक्षाकर्मी मुकदर्शक बन्दै आएको छ ।

सोमबार, माछाबजार हनुमान मन्दिर नजिक लागेको भिडभाड र हाटबाजारको दृष्य खिचिरहेको जनकपुरधामका एक टेलिभिजनका .पत्रकार सनोज यादवलाई मुकदर्शक बनेका जिरोमाईल टा्रफिक कार्यालयका देव कुमार झा नाम गरेको एक सुरक्षाकर्मीले तिमीले फोटो खिचेर नाटक गरेको भन्दै दुर्व्यवहार गरका छन् । उनले तिमी जस्तो हजारौँ पत्रकारलाई हेरेको छु जस्ता विभिन्न अपशब्दहरु प्रयोग गरी पत्रकार यादवलाई अपमान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.