हुलाकी न्यूजः जनकपुरमा निजि किल्निहरुले सामाजिक दुरी पालना नगरी व्यक्तिहरुको स्वास्थ्य संग खेलबार गरेको पाईएको छ ।
जनकपुरधाममा निशेधाज्ञ जारी भएपनि अस्पताल रोडमा रहेको निजि किल्निहरुमा कुनै सामाजिक दुरीको पालना नभएको पाईएको हो ।

प्रदेश सहित जनकपुरधाममा समेत कोरोना संक्रमितको संख्या बढ्दै गएपनि अस्पताल रोडमा रहेको निजि किल्निहरुको रबैयाले अबस्था झन भयाबह हुदै गएको छ ।

जनकपुर सहित वरपरका विभिन्न ठाउँहरुबाट रोगको उपचार गराउन आएका व्यक्तिहरुले यस्तो अबस्थामा बसी झन रोगको शिकार हुने सम्भावना रहदा विरामी र कुरुवारु त्रसित भएका छन् । तरपनि निजि किल्निकले यसको बास्ता गरेको छैन ।

त्यस्तै, निषेधाज्ञा जारी भए अनुसार जनकपुरधामका ठूला ठूला बजारहरु सुरक्षाकर्मीले लाग्न नदिएपनि वरपरका विभन्न क्षेत्रहरुमा भिडभाडका विना कुनै सामाजिक दुरी कायम गरी बजार लाग्ने गरेको पाईएको छ ।

सरकारले बेला बेलामा सर्वसाधारणलाई मास्क र सामाजिक दुरी कायम गर्न प्रशासनबाट दबाब दिदै आए पनि यो आदतको रुपमा परिवर्तन हुन सकेको छैन ।

निजि किल्निकको मनपरी
निजि किल्निकको मनपरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.